२४ घन्टामा थप ३३९जनामा कोरोना पुष्टि, ४०१ जना संक्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घन्टामा थप ३३९जनामा कोरोना पुष्टि, ४०१ जना संक्रमणमुक्त


१२ माघ २०७७, सोमबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीस घन्टामा ४८५८ पीसीआर परीक्षण भएकोमा ३३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४०१ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ। हाल देशभर ३ हजार २ सय ४० सक्रिय संक्रमित रहेका छन्।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस