पुरानै नेकपा आधिकारिक पार्टी हो : निर्वाचन आयुक्त थपलिया « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

पुरानै नेकपा आधिकारिक पार्टी हो : निर्वाचन आयुक्त थपलिया


१२ माघ २०७७, सोमबार


काठमाडौँ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरानै नेकपा आधिकारीक रहेको बताएका छन् ।

नेकपाका दुई समूहले आधिकारिता दाबी गर्दै पेस गरेको कागजात अध्ययन गर्दा कानुनी रूपमा दुवै पक्षको दाबी नपुगेकाले दुवै पक्षलाई आधिकारीक मान्न नसक्ने उनले बताए । उनले केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको तथा विष्णु पौडेल महासचिव रहेको नेकपा मात्रै आधिकारिक नेकपा भएको जानकारी दिए ।

दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक राख्ने र बैठकबाट भएका निर्णयलाई दुवै जना अध्यक्षले हस्ताक्षर गरी प्रमाणित गर्नुपर्ने प्रावधान रहेकाले दुवै समुहमा यस्तो निर्णय गरेको नदेखिएकाले प्रावधानविपरीत गरिएका निर्णय स्वतः अवैध हुने भएकाले समूहगत रूपमा आएका दुवै समूहको निवेदन खारेज भएको र पुरानै नेकपा आधिकारिक भएको उनले बताए ।

प्रभानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीद्धारा गत पुस ५ गते भएको प्रतिनिधिसभा विघटन पश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई समुहमा विभाजन भएको छ । एक समुहको नेतृत्व नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन्, भने अर्को समुह कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरेका छन् ।

हाल यी दुवै समुहले आ-आफ्नै नेतृत्वको पार्टी आधिकारीक नेकपा भएको दावि गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस