कोरोना भाइरस संक्रमणबाट स्वास्थ्‍य मन्त्रालयका अधिकृतको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कोरोना भाइरस संक्रमणबाट स्वास्थ्‍य मन्त्रालयका अधिकृतको मृत्यु


१२ माघ २०७७, सोमबार


काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट स्वास्थ्‍य मन्त्रालयका कर्मचारीको मृत्यु भएको छ।
लामो समयदेखी स्वास्थ्‍य मन्त्रालयमा कम्‍प्युटर अधिकृतको रुपमा कार्यरत कृष्णगोपाल श्रेष्ठको आज माग १२ गते कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो

सोमबार मन्त्रालयले विज्ञप्ति निकाल्दै ५१ वर्षीय अधिकृत श्रेष्ठको मृत्‍यु भएको जनाएको छ। उनको चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठानर वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयका सह(प्रवक्ता समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ यस मन्त्रालयमा विगत लामो समयदेखि कार्यरत ललितपुर , गोदावरी निवासी ५१ वर्षीय कम्‍प्युटर अधिकृत श्री कृष्ण गोपाल श्रेष्ठ ज्‍यूको मिति २०७७ माघ १२ गते चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठानर वीर अस्पतालमा कोभिड १९ संक्रमण भइ उपचारका क्रममा मृत्यु भएको खबरले मन्त्रालय परिवार स्तब्ध भएको छ। ‘

Tags :
प्रतिक्रिया दिनुहोस