लोक सेवा : नेपाली सेनाको प्राविधिक कर्मचारीको परीक्षाफल प्रकाशित, माग भन्दा ज्यादै कम उत्तीर्ण « प्रशासन
Logo ३१ आश्विन २०७८, आइतबार
   

लोक सेवा : नेपाली सेनाको प्राविधिक कर्मचारीको परीक्षाफल प्रकाशित, माग भन्दा ज्यादै कम उत्तीर्ण


१२ माघ २०७७, सोमबार


संघीय निजामती सेवा

काठमाडौँ । लोक सेवा आयोगद्वारा लिइएको नेपाली सेनाका विभिन्न पदको लिखित परीक्षाको परीक्षफल प्रकाशित भएको छ । सेनाको प्राविधिक कर्मचारी दरबन्दी पदपूर्तिका लागि आयोगद्वारा गत असोजमा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशित भएको हो ।

प्राविधिक तर्फको अम व्याण्ड, अम ईलेक्ट्रिसियन, मेकानिकल पदको परीक्षाफल प्रकाशित भएको हो । अम व्याण्डमा १८ जनाको माग गरिएकोमा लिखित परीक्षामा जम्मा दुई जना मात्रै सहभागी भएका थिए । जसमध्ये १ जना छनौट भएका छन् ।

त्यसैगरी अम ईलेक्ट्रिसियनमा खुला, आदिबासी जनजाति र मधेसी गरी ४ जनाको माग भएकोमा ५ जनाले परीक्षा दिएका थिए । जसमध्ये २ जना खुलातर्फ उत्तीर्ण भएका छन् । अम मेकानिकल्समा १४ जनाको माग भएकोमा ५ जना मात्रै लिखित परीक्षामा सम्मिलित भएका थिए । ती मध्ये खुलामा १ जना र १ जना महिलाबाट छनौट भएका छन् ।

लोक सेवाबाट लिखित परीक्षाको नतिजा प्रकाशित भएकाले उत्तीर्ण हुने उम्मेदवारहरुले अब बाँकी प्रक्रियका लागि सम्बन्धित निकायमा सम्पर्क राख्न आयोगको सूचनामा भनिएको छ ।

हेर्नुस् नतिजा :

Tags :
प्रतिक्रिया दिनुहोस