प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा


११ माघ २०७७, आइतबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सुनुवाई कै क्रम बाँकी रहेकाले आज पनि कुनै निर्णय नआई हेर्दाहेर्दैमा गएको छ । आइतबार संवैधानिक परिषद्को पूर्ण इजलासमा सुनुवाई सुरु भएको उक्त मुद्दामा बहसकै क्रममा रहेकोले हेर्दाहेर्दैमा गएको हो ।

इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगै न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको थियो ।

सुनवाईका क्रममा आइतबार राजपत्रको प्रकाशनका बारेमा पश्न उठेको थियो तर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सो सम्बन्धीमा छलफल गर्न रोकेका थिए ।

यससँगै सुनुवाई निरन्तर हुने सर्वोच्च स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस