काठमाडौँ । कोरोना भाइरसविरूद्ध खोप लगाउने अभियान आगामी माग १४ गते बुधबारदेखि सुरू गरिने भएको छ।
आज मुख्यमन्त्रीहरूसँग भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले आउँदो बुधबार १४ गते १० बजे खोप अभियान सुरु हुने जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गर्नेछन् ।
भारतले अनुदानमा दिएको कोरोना विरुद्धको खोप आइतबार सातै प्रदेशमा पठाइसकेको छ । सुरूमा कोरोनाविरूद्ध लडाइँमा खटिएका स्वास्थ्यकर्मीलाई खोप दिने सरकारको तयारी छ। भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएको थियो।
अक्सफोर्ड विश्वविद्यालय र अष्ट्रेजेन्काले विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ।







