कर्मचारी मिलन केन्द्र झापाका अध्यक्षमा युवराज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारी मिलन केन्द्र झापाका अध्यक्षमा युवराज


१० माघ २०७७, शनिबार


झापा । कर्मचारी मिलन केन्द्र झापाको साधारणसभाबाट युवराज श्रेष्ठका अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति आज सर्वसम्मत चयन भएको छ ।

समितिका उपाध्यक्षमा जिल्ला समन्वय अधिकारी रुद्रप्रसाद न्यौपाने, नेपाल विद्युत् प्राधिकरण कार्यालय भद्रपुरका प्रमुख सञ्जीव साह, घरेलु तथा साना उद्योग कार्यालय झापाका दुर्गा बाँस्तोला, महासचिवमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय झापाका प्रमुख कृष्ण राजवंशी र कोषाध्यक्षमा जिल्ला हुलाक कार्यालयका प्रमुख दामोदर घिमिरे चयन भएको निर्वाचन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार पाण्डेले बताए ।

त्यसैगरी सदस्यमा शिवसताक्षी नगरपालिकाका प्रशासकीय अधिकृत गीता राई, कृषि ज्ञान केन्द्रकी एजिना खड्का, राष्ट्रिय समाचार समिति झापाका प्रमुख चन्द्रकला भण्डारीलगायत चयन भएका छन् ।

ग्रामीण विकास तालिम केन्द्र कलबलगुढीमा केन्द्रले आयोजना गरेको वनभोजसहितको साधारणसभामा संस्थाले प्रकाशन गरेको स्मारिकासमेत प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले लोकार्पण गरे । मिलन केन्द्रका संरक्षकसमेत रहेका उनले विगतदेखि नै सिर्जनशील र रचनात्मक कार्यमा संस्थाले गरेको योगदानको चर्चा गर्दै नयाँ समितिलाई शुभकामना व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस