संविधानमाथिको प्रश्नमा वकिल विचारबाट भाग्न मिल्दैन : भट्टराई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संविधानमाथिको प्रश्नमा वकिल विचारबाट भाग्न मिल्दैन : भट्टराई


१० माघ २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने बताएका छन् ।

शनिबार माक्र्सवादी ज्ञान केन्द्रले आयोजना गरेको संसद विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्र्तक्रियामा स्थायी कमिटी सदस्य भट्टराईले वकिलहरु कुनै फौजदारी विषयको मुद्दामा लड्न स्वतन्त्र भए पनि संविधानको विषयमा व्यवसायिक धर्म भनि जान नमिल्ने बताएका हुन् ।

संविधानमाथिको प्रश्नमा वकिलहरु व्यवसायिकता भनेर विचारबाट भाग्न नपाउने उनको भनाइ छ । प्रधानमन्त्री ओली द्रुत गतिमा दक्षिणपन्थीबाटोतर्फ जादै गरेको उनको टिप्पणी छ । संविधानमा भएका कतिपय विषय प्रधानमन्त्री ओलीलाई मन नपरेको भन्दै उनले तिनै मुद्दालाई संशोधन गर्न ओलीले दुईतिहाई मत मागेको बताए ।

नेपालको संविधानको निर्माता आफ्नो पार्टी, वर्ग, विचार र सिद्धान्त भएकोले संविधानप्रति आफूहरुको लगाव र स्नेह रहेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस