प्रधानमन्त्री ओलीले गरे पूर्व लडाकूहरुसँग छलफल « प्रशासन
prasaLogo
१० माघ २०७७, शनिबार

प्रधानमन्त्री ओलीले गरे पूर्व लडाकूहरुसँग छलफल


प्रकाशित मिति : 23 January, 2021 6:06 pm

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार पूर्व लडाकूहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार आयोजति छलफलमा नेकपा अध्यक्ष समेत रहेका ओलीले ‘जनयुद्ध’ मा पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले दिएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताएका छन् ।

अध्यक्ष ओलीले पूर्वजनमुक्ति सेनाहरुका भावना नेतृत्वले दुरुपयोग गरेको भन्दै आफूले राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्ने आश्वासन दिएका छन् । उनले भनेका छन्, ‘तपाईहरु ढुक्क हुनुस्, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’

प्रधानमन्त्रीको प्रेस सल्लाहकार सुर्य थापाका अनुसार ओलीलाई भेट्न तत्कालीन नेकपा (माओवादी) ले सञ्‍चालन गरेको सशस्त्र युद्धका लेनिन विष्ट लगाएत कमाण्डरहरु बालुवाटार पुगेका थिए । उनीहरुले आगामी दिनमा पार्टीलाई साथ दिन सहमत भएको थापा बताए ।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि सत्तारुढ नेकपा विभाजित भएको छ । ओली समूह र दाहाल-नेपाल समूहमा विभाजित नेकपा अहिले नेता, कार्यकर्ता तानातानमा छन् ।

‌ओलीले असंवैधानिक रुपमा संसद्‌ विघटन गराएको भन्दै दाहाल(नेपाल समूह सडक आन्दोलनमा छ भने ओली समूह वैशाखमा घोषणा गरिएको निर्वाचन हुने दाबीसहित त्यसको तयारमा जुटेको छ । यद्यपि संसद् विघटन सदर वा पुनर्स्थापना भन्ने विषयको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन अवस्थामा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस