एमबिबिएस शैक्षिक कार्यक्रमको शुल्क नबढाउन प्रधानमन्त्री ओलीको निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमबिबिएस शैक्षिक कार्यक्रमको शुल्क नबढाउन प्रधानमन्त्री ओलीको निर्देशन


१० माघ २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमबिबिएस शैक्षिक कार्यक्रमको शुल्क नबढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न पाचौं बैठकमा ओलीले योवर्ष शुल्क नबढाउन निर्देशन दिएका हुन् ।

चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/०७८ मा एमबिबिएस कार्यक्रमको लागि ८ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेश गरेको थियो । आयोग शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै ४० लाख २३ हजार २ सय ५० रुपैयाँबाट वृद्धि गरी ४८ लाख रुपैयाँ सिफारिस गरेको थियो । तर आयोगको अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले योवर्ष शुल्क नबढाउन निर्देशन दिएका हुन् ।

उनले भने,‘कोरोना कहरले थला परेको अवस्थामा यो सरकारले शुल्कवृद्धि गर्दा नकारात्मक असर पर्ने भएकोले शुल्क बढाउनु उचित हुँदैन, गत वर्षकै शुल्क कायम गर्नपर्छ।’

लगत्तै आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पनि अहिलेको अवस्थामा गलत सन्देश जाने भएकोले यो अवस्थामा शुल्क नबढाउन सुझाव दिएक थिए ।

सिफारिस समितिले १७ विषय मध्य अधिकांसमा बढाउने सिफारिस गरेको थियो । बिडिएस, एमडिएमएस, एमडिएस साइन्स,एमडि आयुर्वेद, एमएन एमएस्सी नर्सिङ, एम फर्मा, एमएस्सी मेडिकल माइक्रबायोलोजी, एमएस्सी बेसिक साइन्स, एमफिल क्लिनिकल साइकोलोजीमा शुल्क बढाउन सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस