सिन्धुपाल्चोक । युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोक प्रवेशमा अवरोध गरिएको छ । कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक आएका तामाङलाई बीच बाटोमै अवरोध गरिएको हो ।
इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाएका हुन् । पुर्व माओबादी पुष्ठभुमिबाट आएका तामाङले प्रतिनिधिसभा विघटनपछि ओली समूहमा प्रवेश गरेर युवा तथा खेलकुद मन्त्रालय सम्हालेका हुन्
तामाङ ऐसेलुखर्कमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नै कार्यक्रम रहेको थियो । पूर्वमाओवादी नेता तामाङ पार्टी विभाजनका क्रममा ओली समूहमा प्रवेश गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले युवा तथा खेलकुद मन्त्रालयले जिम्मेवारी दिएका थिए ।







