माघ १४ गतेबाट खोप लगाउन सुरु हुन्छ : प्रधानमन्त्री ओली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

माघ १४ गतेबाट खोप लगाउन सुरु हुन्छ : प्रधानमन्त्री ओली


१० माघ २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही माघ १४ गतेबाट कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । यसका लागि समूह पनि तयार पारिसकेको उनले बताए ।

मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले पहिलो चरणमा अग्रभागमा रहेर कोभिड-१९ विरुद्ध खटिएका व्यक्तिलाई खोप लगाइने जानकारी दिए । पर्याप्त खोप नआइसकेकाले अझै केही महिना सावधानी अपनाउन प्रधानमन्त्री ओलीले सबैमा आग्रह गरे ।

सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवसका अवसरमा शुक्रबार काठमडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्ति, सुरक्षा, अमन चयनलगायत विपद् व्यवस्थापन र संकटका बेला सशस्त्र प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै समयानुसार परिमार्जित हुँदै अघि बढ्न सशस्त्र प्रहरीलाई आग्रह गरेका हुन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस