मकवानपुर । नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले मकवानपुरमा पिकअप जलाएका छन्। शनिवार बिहान बन्द घोषणा गरेको दिन विप्लव कार्यकर्ताले बा१३च ७९६९ नम्बरको पिकअप भ्यान जलाएका हुन्।
भीमफेदीमा सामान अनलोड गरेर काठमाडौँ फर्किँदै गरेको पिङकअप फर्पिङ र मकवानपुरको सिमानामा जलाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान २ बजे पिकअपमा आगो लगाएर विप्लव कार्यकर्ता भागेका थिए। आगजनीबाट पिकअपमा आंशिक क्षति भएको छ।
पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले पक्राउ गरेको विरोधमा शनिवार सो समूहले नेपाल बन्दको घोषणा गरेको छ। बाँस्तोलालाई केही दिनअघि महानगरीय पहरी परिसर ललितपुरले पक्राउ गरेको थियो।