देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


१० माघ २०७७, शनिबार


काठमाडौँ। आज देशका पश्चिमी महाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी वायुको प्रभावका कारण देशका केही भागमा बदली भई सामान्य वर्षासमेत हुने छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भएको महाशाखाले जनएको छ । यस्तै तराईका भू–भागहरुमा हुस्सु र कुहिरो लागेको को छ भने बाँकी भू–भागमा मौसम सामान्यतय सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकोले सतर्क रहन सबैमा अनुरोध गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस