एनआरएनको विशेष महाधिवेशन आज, विधान संशोधन हुँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एनआरएनको विशेष महाधिवेशन आज, विधान संशोधन हुँदै


१० माघ २०७७, शनिबार


एनआरएनए

बार्सिलोना। गैरआवासीय नेपाली संघ (नआरएनए) को विशेष महाधिवेशन आजदेखि सुरु हुँदैछ। भर्च्युअलरुपमा हुने विशेष महाधिवेशनको उद्घाटन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नेछन् ।

महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिहरु सहभागी हुने संघले जनाएको छ । विशेष केन्द्रीय महाधिवेशनमा नवौं महाधिवेशनबाट पारित हुन नसकेको आर्थिक प्रतिवेदन र सहमतिका आधारमा तयार गरिएको विधान संशोधन प्रस्तावमाथि पनि छलफल हुने छ।

एक थप युवासहित जम्मा ६ जना उपाध्यक्ष रहने, दुई सहकोषाध्यक्षमध्ये एकजना महिला अनिवार्य, एक महिलासहित दुईजना सचिव थप्ने, केन्द्रीय सल्लाहकार ११ जनाबाट बढाएर २१ जना बनाउने,संघका अध्यक्षले विश्वभरबाट १५ प्रतिनिधि थप्न सक्ने प्रावधान, राष्ट्रिय महाधिवेशनबाट २५ प्रतिशत प्रतिनिधि निर्वाचित गर्ने,निर्वाचन प्रक्रियालगायतका परिवर्तनहरु विधान संशोधनमार्फत हुने भएका छन्।

संघको बुधबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकमा उपाध्यक्ष मन केसी तथा विधान संशोधन सुझाव समितिका संयोजक भुषण घिमिरेले प्रस्तुत गरेका बुँदाहरु विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमति बनेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस