महान्यायाधिवक्ता खरेलद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्र इजलासमा पेस « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महान्यायाधिवक्ता खरेलद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्र इजलासमा पेस


९ माघ २०७७, शुक्रबार


काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेश गरेका छन् ।

रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ताद्वय टीकाराम भट्टराई र ओमप्रकाश अर्यालले बिहीबार प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना राजपत्रमा प्रकाशन नभएको प्रश्न उठाएका थिए।

प्रतिनिधिसभा विघटनको सूचना समेटिएको गत पुस ५ गते प्रकाशित राजपत्र महान्यायाधिवक्ता खरेलले इजलाससमक्ष पेश गरेका हुन् ।

न्यायाधीश अनिलकुमार सिन्हाले उक्त निर्णय राजपत्रमा प्रकाशन भए इजलाससमक्ष पेश गर्न आग्रह गरेका थिए । प्रतिनिधिसभा विघटनविरूद्व परेको रिट निवेदनमाथि सुनुवाइ जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस