२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शालीनदीमा व्रतालुको पिसिआर र एक्स-रे परीक्षण गरेर मात्र सहभागी गराइने

अ+ अ-

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शालीनदीमा गरिने माधवनारायण व्रतालुलाई कोरोनाको पिसिआर/एण्टीजेन परीक्षण गरेरमात्र सहभागी गराइने भएको छ ।

नेपालमा पनि कोरोनाको नयाँ रोगी भेटिएपछि व्रत लिन चाहनेलाई परीक्षण गराएर नेगेटिभ प्रतिवेदन आएमात्र सहभागी गराइने बिशिबार श्री माधवनारायण व्रत तथा शालीनदी समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा निमोनियाको लक्षण छ कि छैन भनी एक्स–रे रिपोर्टसमेत साथमा हुनु अनिवार्य गरिएको जानकारी दिइयो ।

विश्वस्वास्थ्य सङ्गठनले सिफारिस गरेका विभिन्न रोगका बिरामीलाई व्रतमा सहभागी नगराइने समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले बताए । यस वर्ष माधवनारायण व्रत गर्न चाहनेलाई माघ १० गतेदेखि १२ गतेसम्म नाम दर्ता गर्न पनि समितिले आह्वान गरेको छ । १२ गतेसम्म नाम लेखाएकालाई १३ गते कोरोना परीक्षण गरेपछि मात्र व्रतमा सहभागी गराइने अध्यक्ष श्रेष्ठले बताए।

सम्मेलनमा शङ्खरापुर नगरपालिकाका नगर प्रमुख सुवर्ण श्रेष्ठले स्वास्थ्य मापदण्ड पूरा गरेरमात्र व्रत बस्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुहुँदै मेला भर्न आउनेलाई पनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन सचेत गराइनुपर्ने बताए । व्रतालुलाई क्वारेन्टाइनको स्वरुपमा राख्न नगरपालिकाले सहयोग गर्ने उनको प्रतिबद्धता छ ।

पशुपतिलगायत मठ मन्दिर एवं चलचित्र घरसमेत खुलेको अवस्थामा मेला बन्द गर्न नसकिए पनि स्वास्थ्य सुरक्षामा ध्यान दिएर दूरी कायम गरिनुपर्ने नगरपालिकाले जनाएको छ । नियमित चलेको संस्कृति संरक्षणका लागि भए पनि मेला र व्रत गर्न लागिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ । मेलाका अवसरमा नगरपालिकाले बजार एवं साँखु चल्ने सार्वजनिक यातायातको नियमित अनुगमन गर्ने भएको छ ।

समितिका पूर्वअध्यक्ष राजभाइ श्रेष्ठले विगत वर्षमा एक दिनमा पाँच लाखसम्म भक्तजन शालीनदी दर्शनमा आएकाले कोरोना सङ्क्रमण जारी रहेका बेला स्वास्थ्य सुरक्षामा ध्यान दिन सुझाव दिए । मानिसको भीडभाड हुने भएकाले बजार अनुगमनमा स्थानीय सरकारको ध्यान जानुपर्ने उनको भनाइ थियो ।

समितिका पूर्वअध्यक्ष एवं साँखु बस कम्पनीका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले मेलाका अवसरमा सरकारले तोकेभन्दा बढी भाडा लिने सवारीलाई कारवाही गर्न कम्पनीका तर्फबाट पनि अनुगमन समूह परिचालन गरिने जानकारी दिए । विगत वर्षको मेलामा कम्पनीकै तर्फबाट करीब एक दर्जन सवारीलाई कारबाही गरिएको उनले सुनाए ।

समितिले व्रतालु स्नान गरिरहेका बेला मोबाइलबाट भिडियो खिची अतिरञ्जितरुपमा प्रस्तुत गर्ने गरिएकामा त्यसो गर्नेलाई कारवाहीको दायरमा ल्याइने जनाएको छ । यस वर्ष माघ १५ गतेदेखि शालीनदी मेला लाग्नेछ ।