अत्याधिक चीसो कारण बुटवलका विद्यालय बन्द « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अत्याधिक चीसो कारण बुटवलका विद्यालय बन्द


९ माघ २०७७, शुक्रबार


बुटवल । शीतलहरका कारण अत्याधिक चीसो बढेपछि तीन दिनसम्म विद्यालयहरु बन्द गर्न बुटवल उपमहानगरपालिकाले निर्देशन दिएको छ ।

बिहीबार विहानदेखिको शीतलहर र अत्यधिक चिसोका कारण लुम्बिनी प्रदेशका तराई क्षेत्रको जनजीवन बढी प्रभावित बनेको छ ।

चिसो बढेसँगै विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र पढाइ प्रभावित हुने भएकाले बुटवल उपमहानगरपलिकाले माघ ९ देखि माघ ११ गतेसम्म विद्यालय बिदा गर्न निर्देशन दिँदै उक्त बिदा स्थानीय बिदाबाट कटौती गर्न आग्रह गरेको छ ।

चिसोका कारण विध्यालयमा पठनपाठन संचालन गर्न कठिनाई भएको र शिक्षक विध्याथी दुवैको स्वास्थ्यमा प्रतिकुन असर गर्ने देखिएपछि माहानगरले यस्तो निर्देशन दिएको हो ।

यसैबीच लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले चिसोबाट सावधानी अपनाउन अनुरोध गरेका छन् । अत्यधिक चिसोको कारण गर्भवती तथा सुत्केरी महिलाहरु, नवजात शिशु, बालवालिका, अपाङ्गता भएका व्यक्तिहरु, दप्र्घरोगी, जेष्ठ नागरिक, असहाय, अनाथ, अति विपन्न तथा सिमान्तकृत समूहका मानिसहरु बढी प्रभावित हुने भएकाले चिसोबाट बच्न न्यानो कपडा लगाउन, अनावश्यक रुपमा घर बाहिर ननिस्कन समेत आग्रह छन् ।

एक अपिल जारी गर्दै मन्त्री बरालले चिसोले शरीरमा केही समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा जान समेत भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस