मालिका गाउँपालिका-७ वडा कार्यालयमा तेस्रो पटक तोडफोड « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

मालिका गाउँपालिका-७ वडा कार्यालयमा तेस्रो पटक तोडफोड


९ माघ २०७७, शुक्रबार


गुल्मी। गुल्मीको मालिका गाउँपालिका–७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । बिहीबार सिसिटिभीको दृष्य हेर्दा बुधबार राति एक जना व्यक्तिले कार्यालय तोडफोड गरेका छन् ।

कार्यालयका दुवै ढोका तोडफोड गरिएको छ भने एउटा ल्यापटप चोरी भएको छ। त्यस्तै सिसिटिभीको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकैको खर्‍यानमा फालेको अवस्थामा फेटिएको वडाध्यक्ष वेदप्रसाद पन्थले जानकारी दिए ।

कार्यालयका महत्वपूर्ण कागजपत्र पनि च्यातिएका छन् । स्मरण रहेस्, घमिरको वडा कार्यालयमा यसभन्दा अगाडि २०७६ पुस ९ गते र गत असोज १० गते तोडफोड भएको तर तोडफोड गर्ने व्यक्ति भने पत्ता लागेको छैन । लगातार दोस्रो पटक कार्यालय तोडफोड भएपछि सिसिटिभि राखिएको थियो । यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय, गुल्मीले मुचुल्का तयार गरी घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस