दाहाल–नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै, एक लाख कार्यकर्ता उतार्ने दावी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

दाहाल–नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै, एक लाख कार्यकर्ता उतार्ने दावी


९ माघ २०७७, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा विरोध प्रदर्शन गर्दैछ ।

एक लाख कार्यकर्ता उतार्ने लक्ष्यसहित यो समुहले विशाल शक्ति प्रदर्शन भनेको आजको कार्यक्रममा उपत्यका र आसपासका जिल्लाहरुबाट समेत कार्यकर्ता उतार्ने तयारी छ ।

प्रतिनिधिसभा विघटनको निर्णय खारेज गराउँदै संसद् पुनःस्थापना गराउन संघर्षका कार्यक्रम जारी राखिने प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बताए । काठमाडौँको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोललगायत विभिन्न ९ ठाउँबाट निस्कने जुलुस रत्नपार्क पुगेपछि विरोध सभामा परिणत हुनेछ ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभा सुचारु नहुञ्जेलसम्म संघर्षको कार्यक्रम जारी रहने बताए ।

काठमाडौँका विभिन्न स्थानबाट सुरु हुने जुलुसमा विभिन्न नेताहरुले नेतृत्व गर्ने र जुलुसलाई व्यवस्थित र मर्यादित बनाइने जनाइएको छ ।

संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भुमिका स्वतन्त्रतापूर्वक निर्वाह गर्नको निम्ति वातावरण निर्माण हुने उनले दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस