मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो : नेता पौडेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो : नेता पौडेल


८ माघ २०७७, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् ।

काँग्रेस काठमाडौँ महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उनले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाए ।

‘निर्वाचनमा गएर कांग्रेसलाई फाइदा भए पनि संसद् विघटनसँगै देशलाई ठूलो घाटा भएको छ’, उनले भने । संविधानले बहुमतको सरकारले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न अधिकार नदिएको उनको जिकिर थियो ।

काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर सरकारले संसद् विघटन गरेको आरोप लगाए । काठमाडौँ-१६ का अध्यक्ष मुकुन्द रिजालले लोकतन्त्र रक्षाका लागि काँग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस