अब सरुवाका लागि लेखापालले काठमाडौँ धाउन नपर्ने ! « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब सरुवाका लागि लेखापालले काठमाडौँ धाउन नपर्ने !


८ माघ २०७७, बिहिबार


काठमाडौँ । महालेखा नियन्त्रक कार्यालय अन्तर्गत रहेका लेखासमूहको कर्मचारीहरुको सरुवाको लागि अब काठमाडौँ धाउन नपर्ने भएको छ ।

हालै कार्यालयले नयाँ वेभसाइट तयार गरी नयाँ स्वरुपमा सञ्चालनमा ल्याएसँगै सरुवा हुन चाहने कर्मचारीहरुले वेभसाइटको सरुवा आवेदन आइकनमा क्लिक गरी सरुवा निवेदन पेश गर्न सकिने र उक्त निवेदन कर्मचारी प्रशासन अन्तर्गत पिआइएस सिस्टम सँग प्रत्यक्ष लिंक रहने हुँदा सरुवाका लागि निवेदन बोकेर कार्यालयमा आइरहनु नपर्ने व्यवस्था भएको हो ।

महालेखा नियन्त्रक कार्यालयको सबै प्रणालीहरुमा सहज पहुँच र सेवाग्राहीलाई सहायताका लागि अद्यावधिक विवरणहरु, स्रोत सामग्री, नयाँ प्रणालीहरुको व्यवस्थाका साथ वेभसाइट सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ ।

परिमार्जित नयाँ स्वरुपको वेभसाइटमा विभिन्न सरोकारवाला निकाय तथा संस्थाहरुलाई आवश्यक पर्ने नेपाल सरकारको प्राप्ती र बजेट खर्चको तुलनात्मक विवरणहरु पाइचार्टको माध्यमबाट र वेभसाइटको शिर्षकमा रहेको दैनिकी बजेटरी तुलनात्मक विश्लेषणमा गई तत्काल हेर्न सकिने व्यवस्था रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस