ओली नेतृत्वको नेकपाले निर्वाचनमा बहुमत ल्याउँछ : महासचिव पौडेल « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ओली नेतृत्वको नेकपाले निर्वाचनमा बहुमत ल्याउँछ : महासचिव पौडेल


८ माघ २०७७, बिहिबार


काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली समूहका महासचिव विष्णु पौडेलले तोकिएकै समयमा निर्वाचन हुने दाबी गरेका छन् । प्रेस संगठनको राष्ट्रिय भेलामा बोल्दै उनले प्रचण्ड–नेपाल समूहलाई निर्वाचनबाट आत्तिएर भागेको आरोप पनि लगाए ।

उनले निर्वाचनबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा ठूलो दल बन्ने जिकिर गरे । “केपी शर्मा ओलीको नेतृत्वको नेकपा निर्वाचनबाट नेपालको सबैभन्दा ठूलो दलको हैसियतमा बहुमत प्राप्त दल बन्नेछ”, उनले भने ।

पौडेलले प्रचण्ड–नेपाल निर्वाचन आयोगमा गएर निर्वाचन नगर्न आयोगलाई धम्की दिएको भन्दै त्यो हाँस्यास्पद भएको बताए ।

उनले प्रतिनिधिसभा पुनःस्थापनाको कुनै सम्भावना नरहेको पनि जिकिर गरे । तर, अदालतमा विचाराधीन विषय भएकाले अदालतको निर्णय स्वीकार गर्ने पनि बताए ।

अर्थमन्त्रीसमेत रहेका पौडेलले अर्को समूह पार्टी र सत्ता कब्जा गर्ने, ओलीलाई प्रधानमन्त्री र प्रथम अध्यक्षबाट हटाउने भन्नेमा सक्रिय रहेकाले संसद् विघटनको अवस्थामा आइपुगेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस