शिक्षक हत्या आरोपी विप्लव समूहका मोरङ इञ्चार्ज हतियारसहित पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

शिक्षक हत्या आरोपी विप्लव समूहका मोरङ इञ्चार्ज हतियारसहित पक्राउ


८ माघ २०७७, बिहिबार


काठमाडौँ । नेकपा विप्लव समूहका मोरङ जिल्ला ईन्चार्ज हातहतियारसहित पक्राउ परेका छन् ।

बुधबार दिउँसो २ बजे मोरङ बुढीगंगा गाउँपालिका-४ बाट संखुवासभा मादी नगरपालिका-४ ओखरबोटेका ३२ वर्षीय डिबि सिलवाल भन्ने धन बहादुर बिक पक्राउ परेका हुन् ।

उनीमाथि गत मंसिर २३ गते मोरङको मिक्लाजुङ गाउँपालिका-१ का शिक्षक राजेन्द्र श्रेष्ठको हत्या आरोप छ । प्रहरीका अनुसार हत्या आरोपमा समेत विक प्रतिवादी हुन् । हालसम्म हत्या आरोपमा कोही पनि पक्राउ परेका थिएनन् । हत्याको जिम्मेवारी भने विप्लव समूहले लिएको थियो ।

आफ्नो पार्टीविरुद्ध सुराकी गरेको आरोपमा सो समूहले शिक्षक श्रेष्ठको विभत्स हत्या गरेको थियो । तर, शिक्षक श्रेष्ठ सुराकी नभएको प्रहरीले बताउँदै आएको छ ।

उनको साथबाट एकथान सेमि अटोमेटिक पोस्तोल र तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । उनले व्यवसायीहरुलाई धम्क्याएर चन्दा असुली गरेको समेत पाइएको प्रहरी दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस