बाइडेनको सपथ : राष्ट्रिय एकताको आह्वान, उल्टिए ट्रम्पका नीति « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बाइडेनको सपथ : राष्ट्रिय एकताको आह्वान, उल्टिए ट्रम्पका नीति


८ माघ २०७७, बिहिबार


काठमाडौँ । अमेरिकामा ४६ औँ राष्ट्रपतिकोरुपमा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । जनवरी २०, २०२१ बुधवार बाइडनलाई नयाँ राष्ट्रपतिको रुपमा अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जन रोबर्ट्सले पद तथा गोपनीयतको शपथ ग्रहण गराएका थिए ।

बाइडनसँगै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले पनि सपथ लिएकी थिइन् । उपराष्ट्रपतिमा निर्वाचित ह्यारिस प्रथम निर्वाचित महिला हुन् । ह्यारिसलाई सार्वोच्च अदालतकी न्यायाधीश सोनिया सोटोमेअरले सपथ ग्रहण गराएकी थिइन् ।

सपथ लिइसकेपछि बाइडनले राष्ट्रिय एकताको आह्वान गर्दै ‘यो दीन प्रजातन्त्रको दिन हो’ भनेका थिए । बाइडनले अगाडी भने,‘प्रजातन्त्र निकै बहुमुल्य हुन्छ, यो नाजुक हुन्छ र यो क्षणमा प्रजातन्त्रले जितेको छ ।’

राष्ट्रपति बाइडनले पूर्वराष्ट्रपतिहरुलाई धन्यवाद दिएका थिए । बाइडनले राष्ट्रपतिको रूपमा गरेको पहिलो भाषणमा आफूले सामना गर्ने ठूला चुनौतीहरूका बारेमा बोलेका छन्।

उनले विनाशकारी महामारी, व्यापक रूपमा बढेको बेरोजगारी, जोखिममा परेको वातावरण, जातीय समानतासम्बन्धी न्यायको लागि भइरहेको माग र पुनः चर्किएको राजनीतिक अतिवाद आफ्ना मुख्य चुनौती मानेका छन्।

यी समस्याका बारेमा बाइडनले आफ्नो समाधानको सूची प्रस्तुत त गर्ने छन् नै तर राष्ट्रपतिको रूपमा पहिलो सम्बोधन गर्दै उनले प्रस्तुत गरेका उपाय होः राष्ट्रिय एकता।

राष्ट्रपतिको सपथग्रहण कार्यक्रममा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प उपस्थित भएनन् । ट्रम्पले पहिले नै उक्त समारोहमा भाग नलिने घोषणा गरिसकेका थिए ।

डोनल्ड ट्रम्प आफ्ना उत्तराधिकारीको सपथग्रहण कार्यक्रममा भाग लिने चौथो राष्ट्रपति हुन् ।

सपथ ग्रहण सममारोहमा पूर्व उपराष्ट्रपति माइक पेन्स, भूतपूर्व राष्ट्रपति बाराक ओबामा र मिसेल ओबामा, जर्ज डब्ल्यू बुश र लोरा बुश, बिल र हिलरी क्लिन्टन लगायतका पाहुना उपस्थित थिए ।

उल्ट्याए ट्रम्पका यी नीति
कार्यकालको पहिलो दिन राष्ट्रपति जो बाइडनले कय्यौँ कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोसिस गरेका छन्। कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमध्ये कतिपयले ट्रम्प प्रशासनको नीति उल्ट्याइदिएको छ।
उनले कोरोनाभाइरस महामारीको सङ्कट सम्बोधनमा सङ्घीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन्।

उनले जारी गरेका अन्य आदेशहरूले चाहिँ विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातीय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिनेछ। कार्यकारी आदेश जारी गरिएको वक्तव्यमा भनिएको छ ती आदेशहरूमार्फत् राष्ट्रपति बाइडनल‘ट्रम्प प्रशासनले पुर्‍याएको क्षति उल्ट्याउने मात्र नभइ देशलाई अघि बढाउने छन्।’

उनका मुख्य आदेश कस्ता छन् ?
–विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)बाट फिर्ता हुने अमेरिकी कार्यको अन्त्य गरिने। भाइरस विज्ञ डा. एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिने
–कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने
–सबै सङ्घीय परिसरमा मास्क तथा दूरीको नियम पालना गरिने
–आगामी १०० दिनसम्म मास्क लगाइरहन मानिसहरूलाई आग्रह गर्नेगरि १०० दिने मास्क चुनौती अभियान थालनी गरिने

जलवायु सङ्कट
–सन् २०१५ मा हस्ताक्षर गरिएको प्यारिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने
–विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द। वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए ।

आप्रवासन
–ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा
–मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणकार्य बन्द

Tags :
प्रतिक्रिया दिनुहोस