बाइडेनलाई प्रधानमन्त्री ओलीको बधाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाइडेनलाई प्रधानमन्त्री ओलीको बधाई


८ माघ २०७७, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडनलाई बधाई दिएका छन् ।

बुधवारदेखि अमेरिकाको राष्ट्रपतिकोरुपमा कार्यभार सम्हालेका बाइडनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् ।

राष्ट्रपति जो बाइडन बुधवार ह्वाइटहाउसमा प्रवेश गरेका छन् । बुधवार नै उनले शपथग्रहण गरेका थिए । उनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको रूपमा कार्यभार सम्हालेका छन् ।

बाइडनलाई सफल कार्यकालको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस