भोलीदेखि २० दिनका लागि तातोपानी नाका बन्द हुने « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

भोलीदेखि २० दिनका लागि तातोपानी नाका बन्द हुने


७ माघ २०७७, बुधबार


काठमाडौँ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण भोली (बिहीबार) देखि २० दिनका लागि तातोपानी नाका बन्द हुने भएको छ । चिनियाँ पक्ष २१ जनावरी देखि नाका बन्द गरिने जानकारी गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी देखी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार प्रमुख लाबहादुर खत्रीले जानकारी दिए ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागामा केही दिन अघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस