प्रतिनिधिसभा विघटनविरूद्ध बिहीबार हुने प्रदर्शनमा सहभागी हुन देउवाको आग्रह « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधिसभा विघटनविरूद्ध बिहीबार हुने प्रदर्शनमा सहभागी हुन देउवाको आग्रह


७ माघ २०७७, बुधबार


काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनबिरुद्ध भोली(बिहीबार) देशभरका वडाबाट प्रदर्शन गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन विरोधमा कांग्रेसले बिहीबार देशभरका ६,७४३ वडाबाट प्रदर्शन गर्ने भएको हो।

सभापति शेरबहादुर देउवाले बुधबार एक विज्ञप्ती जारी गर्दै वडास्तरीय प्रदर्शनमा जुट्न आग्रह गरेका छन्

‘सरकारको सिफारिसमा भएको प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध कांग्रेसले भोलि माघ ८ गते बिहीबार ६ हजार ७ सय ४३ वडाहरुमा आयोजना गरेको विरोध प्रदर्शनमा सहभागी हुन सबैमा हार्दिक अपील गर्दछु,’ देउवाले भनेका छन्।

संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन व्यापक सहभागिता साथ सम्पन्न गरिसकेको छ

उनले संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमत रहेको पनि बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस