विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन आजदेखि सुरु हुने भएको छ । आज हिउँदे अधिवेशनको पहिलो बैठक बस्न लागेको हो ।
नेकपा विभाजनपछि बस्न लागेको प्रदेशसभा बैठकको तयारी पुरा भइसकेको छ । प्रदेश सभामा मर्यादा पालकको संख्या पनि थप गरिएको छ । बैठकमा मसठभेड हुनसक्ने आँकलन गरी सुरक्षामा खटिने मर्यालदापालको संख्या थप गरिएको हो । यसअघि ४७ जना मर्यादापालक रहेकोमा १० जना थपि ५७ जना पुर्याइएको छ ।
यस्तै प्रदेश सभा सञ्चालनका लागि बैठक कक्षका कुर्सी उचाल्न नमिल्ने गरी बोल्डिङ गरिएको छ ।
प्रदेश सभाको अर्को बैठक मुख्यमन्त्री शेरधन राईको बिबाहपछि आयोजना गर्ने बताइएको छ ।







