डब्लुआइटीले सुरु गर्यो ‘अनलाइन पढौं’ साइट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डब्लुआइटीले सुरु गर्यो ‘अनलाइन पढौं’ साइट


७ माघ २०७७, बुधबार


काठमाडौं । डब्लुआइटी नेपालले अनलाइन पढौं साइट सञ्चालनमा ल्याएको छ । लोक सेवा र अन्य विभिन्न परीक्षामा सोधिने प्रश्नहरुको उत्तर अनलाइनबाटै दिन मिल्ने र तत्कालै उत्तर सही भए/नभएको नतिजा हेर्न मिल्नेगरी निर्माण गरिएको डिजिटलाइज्ड साइट काठमाडौंको पुतलीसडकस्थित डब्लुआइटी ट्रेनिंग इन्स्टिच्युटले ल्याएको हो ।

विद्यार्थीहरु इन्स्टीच्युटमा भौतिकरुपमा उपस्थित हुनै नपर्ने गरी घरमै बसी मोबाइलबाटै अनलाइन टेस्ट परीक्षा दिन मिल्ने सुविधा होस र आवश्यक पर्ने तयारी नोटहरु पनि सबै एकैठाउँमा उपलब्ध गराउन सकियोस भन्ने हिसावले यो साइट ल्याइएको इन्स्टिच्युटका सञ्चालक प्रेम रेग्मीले जानकारी दिए ।

डब्लुआइटीका सञ्चालक रेग्मी भन्छन्, ‘विद्यार्थीका लागि सो साइटभित्र जुन विषयमा चाहिएको हो त्यही विषयमा निश्चित फम्र्याटमा वस्तुगत प्रश्न हुन्छन् । ती प्रश्नको उत्तर मा त्यहाँदिएको विकल्पमा टिक लगाउनुपर्छ । एकपटक टिक लगाइसकेपछि अर्को पटक टिक लगाउन नपाइनेगरी दिइएका निश्चित प्रश्नको उत्तर निश्चित समयभित्रै दिईसक्नुपर्ने हुन्छ । सबै प्रश्नको हल भइसकेपश्चात तत्काल नतिजा हेर्न मिल्छ ।’

सबै प्रश्नको उत्तर दिइसकेपछि नतिजामा जम्मा प्रश्न, हल गरेको प्रश्न, मिलेका सही उत्तर, गलत भएका उत्तर, छुटाईएका प्रश्न र नतिजा त्यहाँ तत्काल देखाइनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस