अमेरिका : ट्रम्पको बिदाइ, बाइडनको शपथ  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अमेरिका : ट्रम्पको बिदाइ, बाइडनको शपथ 


७ माघ २०७७, बुधबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आज चार वर्षे कार्यकाल पुरा भई ह्वाइटहाउसबाट बिदा हुँदै छन् । उनले बिदाइको सम्बोधन गर्दै भिडियोमार्फत नयाँ प्रशासनलाई जिम्मेवारी सुम्पिने बताएका छन् ।

एक भिडियो सन्देशमा उनले भनेका छन्,‘म बुधवार नयाँ प्रशासनलाई सत्ता सुम्पिँदै छु, तपाईँहरूले बुझ्नुहोस्, हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदै छ ।’

ट्रम्प विदाईसँगै आज नयाँ कार्यकालका लागि नव निर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्ने कार्यक्रम पनि रहेको छ । आज देखि अमेरिकाको नयाँ राष्ट्रपतिको रूपमा जो बाइडेनले पदभार ग्रहण गर्नेछन् । ट्रम्पले बाइडनलाई सत्ता हस्तान्तरण गर्ने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस