लोक सेवा : समसामयिक वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवा : समसामयिक वस्तुगत प्रश्नोत्तर


७ माघ २०७७, बुधबार


१. विक्रम संवत् २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ?
पुरुषतर्फ : मन्डेकाजी श्रेष्ठ र महिलातर्फ : गौरिका सिंह
– पल्सर स्पोर्टस् अवार्ड २०७६ अन्तर्गत गौरिका सिंह र मन्डेकाजी श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका ।
– अवार्डअन्तर्गत तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ ‘वर्षको उत्कृष्ट प्रशिक्षक’, महिला राष्ट्रिय भलिबल टोली
‘टिम अफ द इयर २०७६’ घोषित भएका । त्यस्तै, तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ
‘वर्षको स्पेसल अवार्ड’बाट सम्मानित भएका ।
– पारा क्रिकेट टोलीका कप्तान दिगमसिंह चेम्जोङ ‘पारा एथ्लेटिक अवार्ड’बाट सम्मानित भएका ।
– टेबलटेनिसका पूर्वमहिला खेलाडीद्वय सिजरन शाह र गीता क्षेत्रीलाई ‘पल्सर लाइफ’ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको ।
– पिपुल्स च्वाइस उपाधि भलबलकी कप्तान अरूणा शाहीले जितेकी ।
– गल्फका सुवास श्रेष्ठ उत्कृष्ट युवा खेलाडी घोषित भएका ।

२. दोस्रोपटक महाअभियोग सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन् ?
 डोनाल्ड ट्रम्प ।
– सन् २०२० जनवरी ७ मा ट्रम्प समर्थकहरूले क्यापिटल हाउसस्थित अमेरिकी संसद् भवनमा प्रवेश गर्दै उपद्रो मच्चाएका थिए । अमेरिकी इतिहासकै सबैभन्दा खराब दिनका रूपमा लिइएको सो दिन ट्रम्पले आफ्ना समर्थकलाई भड्काएको र हिंसा प्रेरित अभिव्यक्ति दिएको आरोप उनीमाथि लागेको छ । ट्रम्प समर्थकद्वारा गरिएको हिंसात्मक गतिविधि नियन्त्रण गर्नेक्रममा प्रहरीको कारबाहीमा परी सातजनाको ज्यान गएको थियो ।

३. राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ?
बागलुङ (१३७ किमि) ।

४. नेपाल आयल निगम लिमिटेडको स्थापना कहिले भएको हो ?
 विसं २०२७ पुस २६ ।
– विसं २०२७ पुस २६ गते कम्पनी ऐन–२०२१ अन्तर्गत प्राइभेट कम्पनीका रूपमा यसको स्थापना भएको ।
– निगम विसं २०३३ साउन ६ गते पब्लिक कम्पनीका रूपमा परिवर्तन भएको ।

५. विसं २०७७ माघ १ मा मनाइएको राष्ट्रिय योग दिवसको नारा के हो ?
गरौँ योग डटेर, कोभिड जान्छ हटेर ।

६. अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ?
 जनवरी २६ ।

७. एसोसिएसन अफ नेसनल नम्बरिङ एजेन्सिज (एएनएनए) को सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?
 सन् २०१६ जुन २३ ।
– अन्नाले धितो बजारको विश्वसनीयता विकासमा कार्य गर्दै आएको ।
यसको मुख्यालय जर्मनीमा रहेको ।

८. भारतले कोरोनाविरुद्धको खोप अभियान कहिले सुरु ग¥यो ?
सन् २०२१ जनवरी १६ ।
– (विश्वकै ठूलो खोप अभियानका रूपमा लिइएको सो अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका । यस कार्यक्रमको उद्देश्य एक अर्ब ३० करोडभन्दा बढी मानिसलाई कोरोना भाइरसविरुद्ध खोप दिनु रहेको ।)

९. सामान्यतया ओजोन तह वायुमण्डलको कति उचाइमा रहेको हुन्छ ?
 २५–४० किमि ।

१०. आईयुसीएनले लोप र दुर्लभ हुन लागेका जीवहरूलाई कति भाग (अवस्था)मा विभाजन गरेको छ ?
 ५ (विलोप, सङ्कटापन्न, अति संवेदनशील, दुर्लभ र सम्भस्त) ।

११. साइटिस स्थापनाको मुख्य उद्देश्य के हो ?
 दुर्लभ जीवजन्तु तथा पशुपक्षीहरूको संरक्षण एवम् सम्वर्द्धन ।

१२. हिउँदे याममा पहिलोपटक माउन्ट के टुको सफल आरोहण गरी कीर्तिमान राख्ने टोली कुन हो ?
 नेपाली टोली (सन् २०२१ जनवरी १६) ।
– सेभेन समिट ट्रेकिङका छाङदावा शेर्पा नेतृत्वको टोली माउन्ट केटुको चुचुरोमा पुगेको ।
– केटु हिमालको उचाइ ८,६११ मिटर रहेको ।
– केटु हिमाल आरोहणलाई निकै कठिन तथा खतरनाक आरोहणका रूपमा लिने गरिन्छ ।

१३. नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ ‘नागरिक एप’को शुभारम्भ कहिले गरेको हो ?
 विसं २०७७ माघ २ ।
– सञ्चार तथा सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले यो एप प्रयोगमा ल्याएको ।
– यस एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरण प्राप्त गर्न सकिने ।
– त्यस्तै, नागरिक एपबाट प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्न सकिने साथै सरकारलाई तिरेको करको विवरण समेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने ।
– हाल आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरका आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत एप प्रयोग
गर्न सकिने ।
– सो सेवा प्रप्त गर्न सम्बन्धित व्यक्तिले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण
उल्लेख गर्नुपर्ने ।
– एपमा आगामी दिनमा मालपोत, भूमिसुधार, सवारी कर, चालक अनुमतिपत्रलगायतका सेवाहरू थप गर्दै लगिने ।
– नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा अनि दोस्रो चरणमा अर्धसरकारी सेवा समेटिने जनाइएको ।
– नागरिक एपबाट सेवा प्राप्त गर्न एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले ‘प्ले स्टोर’ र आइफोन प्रयोगकर्ताले एप स्टोरबाट ‘नागरिक एप–बेटा’ डाउनलोड गर्नुपर्ने ।

१४. सरकारले कुन अवधि सम्ममा डिजिटल नेपाल बनाउने कार्यक्रम तय गरेको छ ?
 सन् २०२५ ।

१५. मोबाइल एपमार्फत राहदानीको फाराम भर्न सकिनेगरी नेपाल ‘पासपोर्ट’ एपको शुभारम्भ कहिले गरियो ?
विसं २०७३ पुस १९ ।

१६. हाल (२०७७ माघ) स्वास्थ्य बीमा लागू गर्ने जिल्ला कति पुगेका छन् ?
 ६४ (६४ औँ जिल्ला :लमजुङ ।)
– लमजुङमा २०७७ माघ २ गते देखि स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको । अब १३ जिल्लामा विस्तार हुन बाँकी रहेको ।
– आउँदो आर्थिक वर्षमा नेपालका ७७ वटै जिल्लामा यो कार्यक्रम लागू गरिने योजना रहेको ।

१७. बाल तथा मातृ मृत्युदर कम गर्ने उद्देश्यका साथ ‘शून्य होम डेलिभरी’ अभियान सञ्चालन गर्ने स्थानीय तह कुन हो ?
मालिका गाउँपालिका, गुल्मी ।
– (अभियानअन्तर्गत सो गाउँपालिकामा गर्भवती महिला भएको घरमा हरियो झण्डा गाड्ने गरिएको ।)

१८. नेपाल सरकार मन्त्रिपरिषद् बैठकद्वारा नीति अनुसन्धन प्रतिष्ठान गठन गर्ने निर्णय कहिले भएको हो ?
 विसं २०७५ असोज ५ ।

१९. सरकारले नेपालका कति जातिलाई अल्पसङ्ख्यक जातिका रूपमा वर्गीकरण गरेको छ ?
९८ (विसं २०७४ वैशाख ८) ।

२०. पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ ?
 परिभ्रमण ।
– (पृथ्वीले २३ घण्टा ५६ मिनेट ४.०९ सेकेन्डमा आफ्नो अक्षमा एकपटक घुम्छ ।)

२१. साधुसन्तले बाल्ने अग्निलाई के भनिन्छ ?
 धुनी ।

२२. प्राचीनकालको ‘रामचरित्र मानस’ र आधुनिक कालको ‘कुष्णायन’ कुन भाषाका प्रसिद्ध महाकाव्य हुन् ?
 अवधी ।

२३. व्यापार घाटा भन्नाले के बुझिन्छ ?
निर्यात व्यापारभन्दा आयात व्यापार बढी हुने ।

२४. हिमनदीले बगाएर ल्याएको हिमोढ (ढुङ्गा, माटो, बालुवा, झारपात आदि)ले नदीलाई रोकी बन्न जाने ताललाई के भनिन्छ ?
 हिमोढ ताल ।

२५. तराई–मधेसीका जिल्ला जोड्ने बहुप्रतीक्षित राष्ट्रिय गौरवको हुलाकी मार्ग निर्माण औपचारिक रूपमा कहिले सुरुवात भएको हो ?
 आर्थिक वर्ष २०६५/०६६ ।
– हाल (२०७७ पुस) सम्म समग्रमा आयोजनाको भौतिक प्रगति ५६ प्रतिशत पुगेको ।
– आयोजना निर्माण थालनी गर्दा आव २०७४/०७५ मा सम्पन्न गर्ने भनिए पनि पछि संशोधन गरेर आव
२०७९/०८० पु¥याइएको ।
– आयोजना थालनीमा एक लेनको मात्र सडक हुने भनिएकोमा यसलाई वृद्धि गरेर दुई लेनको बनाइएको । त्यस्तै, पहिले कुल लम्बाइ १७९२ किमि रहेकोमा अहिले करिब ६२ किलोमिटर लम्बाइ थप हुन गई १८५४ किमि पुग्ने भएको ।
– अहिलेको जस्तो पूर्ण रूपमा बस्ती विकास भइनसकेको र यातायातको पहुँच नभएको अवस्थामा वर्षौंपहिले चिठीपत्र बोकेर एक पोस्टबाट अर्को पोस्टमा छिटो पुग्न सक्ने सिधा बाटो नक्साङ्कन गरेर हुलाकी सडक
अस्तित्वमा आएको थियो ।
– तराईका प्रायः सबैजसो जिल्ला सदरमुकामलाई छुने यो हुलाकी सडकलाई ‘पदम रोड’ पनि भनिन्छ ।
– भारतको सहयोगमा नेपाल सरकारले यो मार्ग निर्माणकार्य गरिरहेको छ ।

२६. बडघर प्रथा कुन समुदायमा प्रचलनमा रहेको छ ?
 थारू ।

२७. बागलुङको रामरेखादेखि पर्वतको पाङ जोड्ने सिङ्गल स्पान झोलुङ्गेपुलको लम्बाइ कति रहेको छ ?
 ५६७ मिटर ।
– २०७७ वैशाखमै निर्माण सम्पन्न भएको सो पुलको उद्घाटन २०७७ माघ ३ मा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाद्वारा गरिएको । यो मुलुककै लामो सिङ्गल स्थान झोलुङ्गेपुलका रूपमा रहेको ।
– नेपालको सबैभन्दा लामो झोलुङ्गेपुल चाँदनी र दोधारा जोड्ने महाकाली नदीमाथि निर्मित (१४५२.९६ मिटर) पुल हो ।

२८. कुन पर्वत क्षेत्रलाई मोडदार पर्वत क्षेत्र भनी चिनिन्छ ?
महाभारत पर्वत ।
– (मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति र तल भासिएको भागलाई सन्नति भनिने ।)

२९. ग्रीष्म ऋतुमा समुद्रबाट जमिनतर्फ र हिउँद ऋतुमा जमिनबाट समुद्रतर्फ बहने वायु कुन हो ?
 मनसुनी वायु ।

३०. मनसुनी वायु कति प्रकारका हुन्छन् ?
 दुई (ग्रीष्मकालीन मनसुन र शीतकालीन मनसुन) ।

३१. शाहवंशीय इतिहासमा सबैभन्दा लामो समय शासन गर्ने राजा को हुन् ?
 श्री ५ त्रिभुवन ।


गोरखापत्र /टङ्क केसी

 

Tags :
प्रतिक्रिया दिनुहोस