आईपीओमा नयाँ रेकर्ड : १५ लाख ३० हजारले दिए आवेदन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आईपीओमा नयाँ रेकर्ड : १५ लाख ३० हजारले दिए आवेदन


६ माघ २०७७, मंगलबार


काठमाडौँ । साधारण सेयर (आईपीओ) आवेदनमा नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० ले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् ।

यस अघि चन्द्रागिरी हिल्स लिमिटेडमा १२ लाख ७७ हजारले आईपीओका लागि आवेदन दिएका थिए ।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासनको बिक्री शुक्रबारबाट खुलला गरिएको थियो । ८ अर्ब रुपैयाँको आईपीओका लागि १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रकमको माग भएको बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस