रुकुम पश्चिममा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

रुकुम पश्चिममा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर


६ माघ २०७७, मंगलबार


काठमाडौँ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-९ स्थित राडी बजारमा सोबारदेखी नेकपाको दाहाल-नेपाल समूह र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भइरहेको छ ।

मंगलबार दुई समूहबीच विवाद भएपछि प्रहरीले छलफलका लागि इलाका प्रहरी कार्यालय आठबिसकोटमा उनीहरुलाई बोलाएको थियो।

तर प्रहरी कार्यालयमै उनीहरुबीच विवाद भएपछि स्थिति तनावग्रस्त बनेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाइ फायर गरेको रुकुम पश्चिम प्रहरीले जनाएको छ।

नेकपाका ८-१० जना र नेपाली कांग्रेसका १०-१५ जना जम्मा भएर विवाद भइरहेको थाहा पाएपछि सोमबार नै उनीहरुलाई तितरवितर पारिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको थियो ।

मंगलबार एक पक्षले अर्को पक्षलाई आक्रमण गरेपछि अर्को पक्षले बजारका मान्छेहरु उठाएर वातावरण थप बिग्रेको प्रहरीले जनाएको छ । उनीहरुले प्रहरी कार्यालयमा तोडफोडसमेत गरेका थिए।

विवादमा संलग्न पक्षले प्रहार गरेको ढुंगा प्रहारबाट एकजना प्रहरी सहायक निरीक्षक र एक जना जवान घाइते भएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिम आठविसकोट नगरपालिका-९ राडी बजारमा भएको विवादबारे छलफल गर्न प्रहरीले उनिहरुलाई कार्यालयमा बोलाएको थियो। झडपमा वडाध्यक्षसमेत घाइते भएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस