२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागरिक एपको समस्या हटाउन अर्को एप बनाइँदै

अ+ अ-

काठमाडौँ । नेपाल सरकारले गत माघ २ गते सार्वजनिक गरेको नागरिक एपमा केही समस्या देखिएप सो समस्या हटाउन नयाँ एप बनाउने भएको छ । सबै सार्वजनिक सेवा एउटै एपबाट दिनेगरी संचालनमा ल्याइएको नागरिक एपमा आएको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको हो।

धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली विकाश गर्न लागिएको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।

‘नागरिकताको विवरण मिलेन भन्ने धेरै गुनासो आयो। गुनासोलाई द्रुतरुपमा सम्बोधन गर्न हामीले यो प्रणाली विकाश गर्न लागेका हौँ। सम्भवत अर्को एप हुन्छ होला,’ लामिछानेले भने। नयाँ प्रणाली बनेपछि नागरिकतामा भएका कमजोरी घरमै बसेर सच्याउन सकिने उनले बताए।

‘सेवाग्राहीले नागरिकताको फोटो खिचेर त्यो प्रणालीमा दाखिल गरेपछि प्रमाणित हुन्छ। कसैको प्रमाणित हुन समस्या भए जिल्लाबाटै प्रमाणित गराउँछौँ। नागरिकले दुःख पाउन पर्दैन,’ उनले भने।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गरेका हुन्।

नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन तथा सबै प्रकारका काममा अनलाइन प्रणाली अपनाउन नागरिक एपको सञ्चालन गरीएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिए। सेवाग्राहीले अब लामो लाइन र झन्झटिलो प्रक्रिया अपनाउनु नपर्ने उनको भनाइ छ।

नागरिक एप आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत् प्रयोग गर्न सकिने जनाइएको छ।

सेवाको लागि प्रयोगकर्ताले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ।