सुनको मुल्य बढ्यो, यस्तो छ आजको भाउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको मुल्य बढ्यो, यस्तो छ आजको भाउ


६ माघ २०७७, मंगलबार


काठमाडौँ । सुनको मुल्य प्रतितोलामा चार सय रुपैयाँले बढेको छ । सोमबार ९१ हजार ६ सयमा कारोबार भएको छापावल सुनको भाउ आज ९२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।

महासंघले आजका लागि तेजाबी सुनको भाउ ९१ हजार पाँच सय रुपैयाँ तोकेको छ । सोमबार ९१ हजार चार सय रुपैयाँ प्रतितोलामा तेजाबी सुनको कारोबार भएको थियो ।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले बढेको छ । सोमबार १२ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ आज १२ सय ४५ रुपैयाँ पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस