२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुवेदीको सचिवमा बढुवा, रोजाईंकै प्रदेशमा प्रमुख सचिव !

अ+ अ-

काठमाडौँ । सरकारले सहसचिव भरतमणी सुवेदीलाई सचिवमा बढुवा गरेको छ ।

गतसाता बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका सचिव रहेका सुवेदीलाई सचिवमा बढुवासँगै सोही कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सचिवत्रय सुमनराज अर्याल, भरतमणी सुवेदी र मुकुन्द पौडेलको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार  : सचिवमा बढुवा गराउनकै लागि प्रमुख सचिवको पद खाली !

सिफारिस गरिएकामध्ये तेस्रो नम्बरकालाई बढुवा त यसअघि पनि गरिएको थियो तर महिनौँसम्म पद नै रिक्त राखेर सोही पदमा पदासिन गराईको विषयलाई लिएर निजामतीमा अनेकन लख काट्न थालिएको छ । राजनीतिक शक्ति र पहुँचका आधारमा सक्नेले जे पनि गर्छन् भन्ने आम बुझाईलाई थप मलजल पुगेको उनीहरुको भनाई छ ।

जनताको अभिभावक मानिने सरकारले नै यस्तो चलखेल गर्दा काममा उत्साह देखाउने कर्मचारीको पनि जाँगर मर्न थालेको छ ।