सुवेदीको सचिवमा बढुवा, रोजाईंकै प्रदेशमा प्रमुख सचिव ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सुवेदीको सचिवमा बढुवा, रोजाईंकै प्रदेशमा प्रमुख सचिव !


६ माघ २०७७, मंगलबार


काठमाडौँ । सरकारले सहसचिव भरतमणी सुवेदीलाई सचिवमा बढुवा गरेको छ ।

गतसाता बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय लुम्बिनी प्रदेशका सचिव रहेका सुवेदीलाई सचिवमा बढुवासँगै सोही कार्यालयको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सचिवत्रय सुमनराज अर्याल, भरतमणी सुवेदी र मुकुन्द पौडेलको नाम सिफारिस गरेको थियो ।

सम्बन्धित समाचार  : सचिवमा बढुवा गराउनकै लागि प्रमुख सचिवको पद खाली !

सिफारिस गरिएकामध्ये तेस्रो नम्बरकालाई बढुवा त यसअघि पनि गरिएको थियो तर महिनौँसम्म पद नै रिक्त राखेर सोही पदमा पदासिन गराईको विषयलाई लिएर निजामतीमा अनेकन लख काट्न थालिएको छ । राजनीतिक शक्ति र पहुँचका आधारमा सक्नेले जे पनि गर्छन् भन्ने आम बुझाईलाई थप मलजल पुगेको उनीहरुको भनाई छ ।

जनताको अभिभावक मानिने सरकारले नै यस्तो चलखेल गर्दा काममा उत्साह देखाउने कर्मचारीको पनि जाँगर मर्न थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस