हिटर सर्ट भएर काठमाडौँमा एक वृद्धको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हिटर सर्ट भएर काठमाडौँमा एक वृद्धको मृत्यु


६ माघ २०७७, मंगलबार


काठमाडौँ । कलंकीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ। मंगलबार बिहान ४ बजे काठमाडौँ महानगरपालिका–१४ खड्का गाउँस्थित घरमा जलेर वृद्ध मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ८४ वर्षीय शिवराम खड्का हुन् । कोठाको झ्याल ढोका लगाई हिटर बालेर सुतेको अवस्थामा हिटर सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । वृद्धाको अगाडिको भाग जलेको अवस्थामा भेटिएको थियो । चार बजे उठ्ने मान्छे ६ बजे सम्म पनि किन नउठेको भनेर अन्य परिवारका सदस्य हेर्न गएपछि प्रहीलाई खबर गरेका थिए ।

शव महानगरीय प्रहरी वृत्त, कालिमाटीको टोलीले मुचुल्का उठाएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस