पेट्रोल र डिजेलको भाउ बढ्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पेट्रोल र डिजेलको भाउ बढ्यो


५ माघ २०७७, सोमबार


काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ ।

नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले इन्धनको मूल्य बढाइएको हो ।

समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टितेल प्रतिलिटर ९३ रुपैयाँ कायम हुनेछ।

मूल्य समायोजनपछि पनि पेट्रोलमा ५ रुपैयाँ ३४ पैसा, डिजेलमा दुई रुपैयाँ ९६ पैसा प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस