बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोना संक्रमण पुष्टि


५ माघ २०७७, सोमबार


काठमाडौँ । बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट (बी–११७) कोरोना भाइरस पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका अनुसार केही दिनअघि बेलायतबाट आएकाहरुलाई निगरानीमा राखेको र फर्किएकाहरु मध्ये ६ वटा नमुनामध्ये ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । उनीहरको नमुना २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा पठाइएकोमा माघ ५ गते रिपोर्ट आएको थियो ।

मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोना पुष्टि भएको हो ।तीन जना मध्ये २८ वर्षीय महिला र ३२ वर्षीय पुरुष हाल पीसीआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुष पोजेटिभ नै भए पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस