शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता गर्ने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसदले हस्ताक्षर फिर्ता गर्ने


५ माघ २०७७, सोमबार


काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड–नेपाल समूहका तीन सांसदले हस्ताक्षर फिर्ता गर्ने भएका छन्।

सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गर्न लागेका हुन्।

नेकपाका ३७ सदस्यले हस्ताक्षर गरेका थिए । अब उक्त समूहमा ३२ सांसद बाँकी छन्।

Tags :
प्रतिक्रिया दिनुहोस