‘समृद्ध सुदूरपश्चिम’ देउडा गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियोसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘समृद्ध सुदूरपश्चिम’ देउडा गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियोसहित)


५ माघ २०७७, सोमबार


काठमाडौँ । समृद्ध सुदूरपश्चिम’ बोलको देउडा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गायक डम्बर ओड र गायिका सत्य बिकको स्वरमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

रूप कुमार ओडको लय तथा शब्दमा सजिएको नयाँ देउडा गीत ‘समृद्ध सुदूरपश्चिम’ म्युजिक भिडियो भर्खरै मात्र  बजारमा आएको छ । सुदूर धमाका नामक अफिसियल युट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक भएको छ । उक्त गीत कुसुम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो ।

भिडियोमा झरना बोहरा र प्रेम जयगडीको अभिनय देख्न सकिन्छ । सुदूरपश्चिममै छायाङ्कन गरिएको म्युजिक भिडियोको निर्देशन भीम विष्ट (अछामी रेखा)ले गरेका छन् ।

गीतमा सुन्दर सुदूरपश्मिका धार्मिक तथा ऐतिहासिक धरोहरदेखि स्थानीय सरकार सम्मको वर्णन गरिएको छ । सुदूरपश्चिमको प्राकृतिक सौन्दर्यता तथा जातजाति भाषभाषी तथा संस्कृतिलाई समेटी गीति भिडियोमा गज्जबको प्रस्तुति झल्काएको छ ।

सरकारले ल्याएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई समेटी समृद्ध सुदूरपश्चिमको सुन्दर वर्णन गरिएको छ । सुदूरपश्चिमका ८८ पालिकाको भौगोलिक विविधतासहितको विश्लेषण गीतमा गरिएको छ ।

बाँकी भिडियोमार्फत :

 

Tags :
प्रतिक्रिया दिनुहोस