‘बेरोजगारी हटाउनमा केन्द्रित हुने छु’ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘बेरोजगारी हटाउनमा केन्द्रित हुने छु’


५ माघ २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार पूर्वराज्यमन्त्री मोतीलाल दुगडले आफू बेरोजगारी हटाउनमा केन्द्रीत हुने बताएका छन् । आइतबार प्रधानमन्त्रीको विषेश आर्थिक सल्लाहकारमा नियुक्त भएका दुगडले औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउँदै बेरोजगारी हटाउन केन्द्रितहुने बताएका हुन् ।

दुगडले मङ्गलबारदेखि सिंहदरबारमा आफ्नो कार्यभार सम्हाल्ने छन् । उनी यसअघिका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडाका स्थानमा नियुक्त भएका हुन् । मुलुकमा विद्यमान आर्थिक अनियमितता हटाउँदै आर्थिक समृद्धि गर्ने विषयमा आफूले प्रधानमन्त्रीलाई सिफारिश गर्ने विशेष सल्लाहकार दुगडले बताए ।

उनले भने,‘औद्योगिकीकरणमार्फत आर्थिक गतिविधि बढाउँदै बेरोजगारी हटाउने, आयातनिर्यात सन्तुलन कायम गर्ने, व्यापार घाटा घटाउने, आर्थिक अनियमितता हटाउने र भ्रष्टाचार निवारण गर्ने विषयमा मेरो विशेष जोड रहने छ ।’

सही बजेट विनियोजन, आयातनिर्यात, शेयर मार्केट, बैकिङ, राजश्व आदि विषयमा पनि आफू केन्द्रित हुने उनले जानकारी दिए । विराटनगर स्थायी निवास भएका पूर्वसांसद दुगड यसअघि नेपाल सद्भावना पार्टी, नवनेपाल निर्माण पार्टी, नेकपा (एमाले) हुँदै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सँग आबद्ध छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस