प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको नेपालको आरोप « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको नेपालको आरोप


प्रशासन संवाददाता

४ माघ २०७७, आइतबार


बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट संविधान र जनमतको अपमान भएको विचार व्यक्त गरेका छन् ।

बर्दियाको गुलरियामा आज आयोजित बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको आरोप लगाए ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफासिमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैभानिक र अलोकतान्त्रिक भएको र राष्ट्रपतिले सो कदम रोक्नुपर्नेमा संसद विघटन गर्न साथ दिएको उनले बताए ।

नेपालमा पटक पटक विघटनको विकृति रोक्नका लागि नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था राखिएको जिकिर गरे ।

नेकपा (नेकपा) बर्दियाका अध्यक्ष भुवनकुमार थारुको अध्यक्षतामा जिल्लास्तरीय सम्पन्न अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, पार्टी स्थायी कमिटी सदस्य वर्षमान पुन, लुम्बिनी प्रदेश पार्टी इञ्चार्ज युवराज ज्ञवाली, पार्टी लुम्बिनी प्रदेशका पार्टी अध्यक्ष ओनसरी घर्तीलगायतले प्रशिक्षण दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस