राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत एक कर्मचारीको हत्या « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत एक कर्मचारीको हत्या


४ माघ २०७७, आइतबार


काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत एक कर्मचारीको हत्या भएको छ । सहायक सूचक २७ वर्षीय प्रवीण थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

गत शुक्रबार बिहान १० बजे नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँमा स्थानीयले शव फेला पारेको थियो। मृतकको सुरूमा पहिचान खुलेको थिएन। अनुसन्धानको क्रममा सोही ठाउँका विभागमा कार्यरत प्रवीण थापा भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ ।

खड्काका अनुसार प्रवीणको शव उनको घरभन्दा साढे २ किलोमिटर परको खेतमा फेला परेको थियो। थापाको टाउकोमा धारिलो हतियारको चोट रहेको बताइएको छ। उनको पोष्टमार्टम गरी शव परिवारलाई बुझाइसकेको प्रहरीले जनाएको छ ।

हत्याको कारण भने खुल्न नसकेको र यस सम्बन्धी प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृतक थापा एक वर्षदेखि विभागमा कार्यरत रहेको खुलेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस