काठमाडौँ । पूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले केटा केटीको रगत पसिना र मेहनतको जगमा खडा भएको व्यवस्थामै कुर्सी प्राप्त गरको बताएका छन् । शनिवार प्रधानमन्त्री केपीशर्मा ओलीले नेकपाको आफ्नो समूहको प्रदेश १ को भेलालाई सम्बोधन गर्ने क्रममा भनिएको कुरालाई जवाफ फर्काउँदै मन्त्री भट्टराईले सो बताएका हुन् ।
प्रधानमन्त्रीले सम्बोधनका क्रममा भनेका थिए, ‘म कुनै बैगुनी केटा केटीको बारेमा कुरा गर्न चाहन्न । हाम्राबीचमा पनि त्यस्ता देखिएका छन् । दौडीदौडीकन गएर भोट मागरे यो केटालाई जिताएर पठाउनुस् । मन्त्री बनाएर पठाइदिन्छु । मन्त्री बनाइयो । एक दिन त पुक्क लात्तिले हानेर भाग्यो । को भनेर हेरेको त उही केटो,”
प्रधानमन्त्रीको उक्त कटाक्षको जवाफमा मन्त्री मट्टाईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको व्यवस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।’
केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो ।
केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।— Yogesh Bhattarai (@yogesbhattarai) January 16, 2021







