अदालतको फैसला अन्तिम हुन्छ : अध्यक्ष तिमिल्सिना « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

अदालतको फैसला अन्तिम हुन्छ : अध्यक्ष तिमिल्सिना


३ माघ २०७७, शनिबार


गलकोट । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् विघटनको विषय अदालतमा निर्भर रहेको भन्दै अदालतले जे फैसला गर्छ त्यही अन्तिम हुने बताए । अदालतमा विचाराधिन विषयमा अनेक टिकाटिप्पणी आएको भन्दै उनले फैसलापूर्व टिकाटिप्पणी गर्न आवश्यक नरहेको बताए ।

विश्वकै लामो दाबी गरिएको बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने झोलुङ्गे पुलको उद्घाटन पछि बौल्दै तिमिल्सिनाले अदालतले संसद् विघटन सदर गरे चुनावमा र बदर गरे संसद्मा जानुको बिकल्प नरहेको बताए । कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पुलले आन्तरिक मात्रै नभएर विदेशी पर्यटक भित्रयाउन सहयोग गर्ने बताए ।

कालिगण्डकी नदी माथि निर्माण गरेको उक्त पुल ५६७ मिटर लामो रहेको छ । अहिलेसम्म सिङ्गल स्पानमा यति लामो झोलुङ्पुल विश्वमै नभएको सम्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने गरी निर्माण थालिएको झोलुङ्गे पुल वैशाखको शुरुमै निर्माण सम्पन्न भएर सर्वसाधरणलाई खुला गरिएपनि कोरोनाका कारण औपचारिकरुपमा उद्घाटन र हस्तान्तरण गरिएको थिएन । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय, काठमाडौँका अनुसार ठेक्का सम्झौताभन्दा १० महिना अघिनै पुल निर्माण सकिएको बताइएको छ ।

पुल निर्माणको जिम्मा थानी/बिएलटी/हिमशिखर कन्स्ट्रक्सनले पाएको थियो । सबैको सहयोगले उक्त पुल निर्माण छिटो सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । निर्माण कम्पनीले पर्वत र बागलुङ तर्फका दुवै राजमार्गमा रोकावट नहुँने गरी चिनियाँ प्रविधिको औजारले लठ्ठा तानेको थियो ।

चैत २०७५ देखि शुरु भएको पुल निर्माण आगामी २०७७ साल असार मसान्तमा सम्पन्न गर्ने ठेक्का सम्झौता भएपनि तीन महिना अगावै पुल निर्माण सम्पन्न भएको हो । नेपालमा अधिकांश निर्माण कम्पनीले कामको जिम्मा लिए पनि समयमै निर्माण कार्य नसकेको अवस्थामा ठेक्का सम्झौताभन्दा अगावै निर्माणकार्य सम्पन्न भएको छ । पुलको लठ्ठा तान्नका लागि निर्माण कम्पनीले उच्चस्तरको चिनियाँ प्रविधिको प्रयोग गरेको थियो ।

बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने गरी निर्माण गरेकोे ५६७ मिटर लामो र १३८ मिटर अग्लो रहेको छ । बिस २०५९ सालदेखि पुल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको भएपनि लठ्ठा तान्न नसक्ने भन्दै काम शुरु हुन सकेको थिएन ।

सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले चार मिटरभन्दा लामो पुल निर्माण गर्दा अबदेखि यही औजारको सहायता लिनेछ । अहिलेसम्म नेपालमा सात हजार ५०० बढी झोलुङ्गे पुल रहेका छन् । शुरुमा रु १२ करोड २२ लाख लागत अनुमान गरिए पनि लठ्ठा र लठ्ठा तान्ने मेसिन मन्त्रालयले उपलब्ध गराउने भएपछि रु छ करोड ९१ लाखमा ठेक्कामार्फत निर्माण भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस