२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको कदम राजनीतिक स्थिरतासँग मेल खादैन : नेता सिंह

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा मुलुकका ७५३ वटै पालिकामा आज विरोध  र्‍याली र सभा गरेको छ । उक्त पार्टीको काठमाडौँ महानगर समितिद्वारा यहाँ आयोजित विरोध  र्‍याली शान्तिबाटीकाबाट शुरु भई शहरको विभिन्न भागको परिक्रमा गरी बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा पार्टी नेता प्रकाशमान सिंहले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरी प्रधानमन्त्रीबाट भएको प्रतिनिधिसभा भङ्गको घटना सविधान र लोकतन्त्र विपरित भएको आरोप लगाए । पूर्वउपप्रधानमन्त्री सिंहले भने, ‘प्रधानमन्त्रीको कदम लोकतन्त्र र गणतन्त्रको स्थायित्वको विपरितमा छ, न्यायपालिका, कार्यापालिका र व्यवस्थापिकाबीच शक्ति सन्तुलन हुनुपर्छ भन्ने लोकतान्त्रिक मूूल्य मान्यतासँग मेल खाँदैन ।’

न्यायपालिकाबाट उत्पन्न विवादका सम्वन्धमा कसैलाई अन्याय हुने गरी निर्णय आउँदैन भन्नेमा आफू विश्वस्त रहेको बताउदै नेता सिंहले भने, ‘हल्ला त अनेकौँ चलेका छन्, न्यायमूर्तिले देशको भविष्यलाई स्थिरतामा लैजाने सोचेर निर्णयमा पुग्नेछन् , विश्वास गरौँ न्यायालयबाट सही व्याख्या आउनेछ ।’ राजनीतिलाई सही मार्गमा हिडाउन सकियो भने मात्र स्थिरता र विकास सम्भव छ भन्दै उनले बाटोबाहिर गएको संविधानलाई सही मार्गमा ल्याएर राष्ट्रिय राजनीतिलाई स्थिरताको बाटोमा हिडाउन नेपाली कांग्रेसले निरन्तर लागि रहने दृढता व्यक्त गरे ।

सो अवसरमा काठमाडौँ उपमहानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, प्रदेशसभा सदस्य नरोत्तम वैद्यलगायतले प्रतिनिधिसभा विघटनपछि उत्पन्न विवादको निरुपण भनेको संसद्को पुनःस्थापना एकमात्रै बाटो भएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस