प्रधानमन्त्रीको स्पष्टीकरण : न्यायाधीशसँग अहिले मात्र होइन, कहिल्यै भेटेको छैन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्रीको स्पष्टीकरण : न्यायाधीशसँग अहिले मात्र होइन, कहिल्यै भेटेको छैन


३ माघ २०७७, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई कहिल्यै नभेटेको दावी गरेका छन् ।

आज (शनिबार)काठमाडौँमा उपलब्ध प्रदेश–१ का कार्यकर्ता भेलालाई सम्बोदन गर्दै प्रधानमन्त्री ओलीले आफूले अहिले मात्र नभएर कहिल्यै पनि न्यायधीशलाई नभेटेको प्रष्ट पारेका छन् । ‘मैले यस पटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन’, प्रधानमन्त्री ओलीले भने ।

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले चार जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमै प्रश्न उठेको थियो । रिट निवेदकको तर्फबाट शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी थिइन्, तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यस्तो कुरा गर्नुस् भन्दै रोकेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस