सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोल्न मिल्दैन : सुवास नेम्वाङ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोल्न मिल्दैन : सुवास नेम्वाङ


३ माघ २०७७, शनिबार


काठमाडौँ । नेकपा ओली समूह का नेता सुवास नेम्वाङले संसद् विघटन संवैधानीक हो की असंवैधानिक भन्ने सर्वोच्च अदालतको फैसलाबाट टुंगो लाग्ने बताएका छन् । ओली समूहको प्रदेश १ सम्पर्क कमिटीका अगुवा कार्यकर्ता भेलामा नेम्वाङले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेकाले आफू बोल्न नमिल्ने बताए ।

संसद विघटनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका नेम्वाङले प्रधानमन्त्री ओलीले संसद् विघटनको मुद्दामा धारणा राख्न मिलेपनि आफू भने केही नबोल्ने बताए । नेम्वाङले संसद विघटनको विषयमा आफू मौन नहरेको पनि बताएका छन् । उनले अदालतले फैसला गरेको भोलिपल्ट आफूले बोल्ने अडानमा कायम रहेको बताए । ‘म मौन होइन्,’ उनले भने ।

‘प्रधानमन्त्रीले संसद् विघटन गरेको हो, उहाँ बोल्न सक्नुहुन्छ’ । यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएको हुनाले म बोल्दिनँ भनेको थिएँ । ‘अहिले पनि त्यै भन्छु । प्रधानमन्त्रीले संसद् विघटनबारे आफ्ना कुरा भन्न सक्नुहुन्छ । भन्न पाउनुहुन्छ । तर ठीक हो होइन भनेर सर्वोच्च अदालतले फैसला गर्छु’, उनले भने ।

उनले ताजा जनादेशमा जाने कुरा ठिक भए नभएको जनातले फैसला गर्ने बताए । उनले तोकिएकै समयमा निर्वाचन हुने पनि बताए । वैशाख १७ र २७ मा निर्वाचन हुँदैन भनेर सर्वोच्च अदाललाई दबाब दिने खोजेको कुरा आइरहेको बताए ।

तर सरकारले घोषणा गरेको निर्वाचन समयमै हुने उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस